पूर्वराजा ज्ञानेन्द्र भुटानमा, राजकुमारीले गरिन् विमानस्थलमा स्वागत

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणका क्रममा भुटान पुगेका छन् । आज उनी ५ सदस्यीय टोलीसहित भुटानको राजधानी थिम्पुमा पुगेका हुन् । पूर्वराजासँग पूर्वअधिकारकुमारी(छोरी) प्रेरणा र पूर्वशाहज्यादी (भतिजी)शिताष्मा पनि छन् । पारिवारिक सदस्य राजु सिंह पनि भ्रमण दलमा छन् ।भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एयरलाइन्सबाट गएका पूर्वराजालाई स्वागत गर्न बिमानस्थलमा रातो कार्पेट ओछ्याइएको थियो । भुटानकी राजकुमारी बिमानस्थलमा रिसिभ गर्न पुगेकी थिइन् । यो भ्रमणको प्रयोजन खुलाइएको छैन । पूर्वराजाका तर्फबाट भ्रमण गर्ने सूचनाबाहेक अरु विवरण सार्वजनिक भएका छैनन् ।पूर्वराजाले भुटानी राजासँग भेटवार्ता गर्ने बुझिएको छ । अन्य उच्च पदस्थहरुसँग पनि भेट्नेछन् । उनी भुटानी राजा...