रुकुमको भूमेमा दोस्रो वृहत् सांस्कृतिक प्रतियोगिता

रुकुमपूर्व । रुकुमपूर्व भूमे गाउँपालिकामा दोस्रो वृहत् साँस्कृतिक प्रतियोगिता हुने भएको छ । । भूमे गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुम पश्चिमको आयोजना र सह–आयोजक मौलिक सांसकृतिक कला केन्द्र र खाम मल्टी शोसल अर्गनाईजेशन रुकुमपूवले असार २ गते देखि ५ गते सम्म दोस्रो वृहत् सांस्कृतिक प्रतियोगिता कार्यक्रम २०७६ आयोजना गर्न लागेको जनाएको छ । उक्त प्रतियोगितामा भूम्या, नचारु, मयूर, पैसेरु, फाँक र झोरेल्नी नाँच लगायत स्थानीय मौलिकता बोकेको झाँक्री नाँच र धनुषवाण प्रर्दशनी हुने आयोजकले जनाएको छ । पुरस्कार राशी भूम्या नाचमा पहिलो हुनेले नगत १ लाख, द्वितीयले नगद ७५ हजार, तृतीयले...