शान्तिटोलको सप्ताहमा २९ लाख रुपैयाँ भन्दा बढी रकम संकलन
हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाको आयोजनामा फागुन ७ गतेदेखि शुरू भएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा २९ लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएर सकिएको छ । महायज्ञ समापनसम्ममा २९ लाख ९ हजार १४६ रूपैयाँ संकलन भएको हो । महायज्ञ समुद्घाटनको दिन २८ हजार ३५५ रूपैयाँ, कथा शुभारम्भको पहिलो दिन १ लाख १ हजार ७५८ रूपैयाँ, दोस्रो दिन १ लाख ३८ हजार १०५ रूपैयाँ र तेस्रो दिन शनिबार ४ लाख ४३ हजार ७३१ रूपैयाँ संकलन भएको छ । त्यस्तै, चौथो दिन आइतबार ३ लाख १४ हजार ७३२ रूपैयाँ, पाँचौ दिन सोमबार ५...



















