यस बर्ष दशैँ टीकाको उत्तम साइत ११:५१ बजे

काठमाडौं । यस वर्ष दसैँ टीकाको उत्तम साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे रहेको नेपाल पञ्‍चांग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिकाे भनाइ छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । दसैँका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिए । राज्य सञ्‍चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्‍नुपर्ने उनले बताए । देवीको प्रसादका रूपमा देशका...