छिमेकी मूलुकसहित ९१ देशमा फैलियो कोभिडको नयाँ रुप, सतर्कता अपनाउन अपिल

काठमाडौं । ओमिक्रोन बिए– ५ को सबभेरियन्ट (नयाँ स्वरूप) बिएफ– ७ छिमेकी चीन, भारतलगायत ९१ देशमा फैलिएको छ । विगतका भेरियन्टभन्दा फैलिने दर उच्च र द्रुत रहेको बिएफ– ७ को जिन विश्वका ९१ देशमा फैलिएको अमेरिकाको स्क्रिप्स रिसर्च इन्स्टिच्युटले जनाएको छ । चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) को तथ्यांकअनुसार आइतबार मात्रै १० लाखमा संक्रमण पुष्टि भएको छ । केही समययता देखिएको भारतमा आइतबार एक सय ९६ नयाँ संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतले अन्य देशबाट भित्रिने यात्रुमा कोभिड परीक्षणमा कडाइ थालेको छ । खुला सीमा रहेको भारतमा संक्रमण फैलिन थालेसँगै नेपाल पनि जोखिममा रहेको भन्दै...