पुस २१ देखि मुक्तिनाथ मन्दिर खुल्ने

निरन्तर न्यूज
१८ पुष २०७७, शनिबार २०:२७

मुस्ताङ ।  काेरोना महामारीकाे कारण करिब १० महिनादेखि बन्द मुस्ताङस्थित मुक्तिनाथ मन्दिर खुल्ने भएकाे छ ।

सर्वपक्षीय भेलाले यही पुस २१ गतेदेखि मुक्तिनाथ मन्दिर खोल्ने निर्णय भएसँगै यहाँका स्थानीयवासी एवं पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङ, मुक्तिनाथ धार्मिक क्षेत्र विकास समिति, स्थानीय झारकोट, खिङ्गा र रानीपौवा गाउँका प्रतिनिधिसहित सम्पन्न बृहत् भेलाबाट मन्दिर खुलाउने निर्णय गरिएको हाे ।

नेपालका चारधाममध्ये एक मुक्तिनाथको दर्शनपछि मनोकामना पूरा हुने जनविश्वासका साथ नेपाली तथा भारतीय दर्शनार्थी प्रत्येक वर्ष ठूलो सङ्ख्यामा मुक्तिनाथ जाने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु