निषेधाज्ञा थप कडा बनाउने प्रधानमन्त्री ओलीकाे घाेषणा

निरन्तर न्यूज
२० बैशाख २०७८, सोमबार १६:४९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञामा थप कडाइ गरिने घोषणा गरेका छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि विज्ञको सुझावअनुसार निषेधाज्ञा लागू गरिएको र यसलाई थप कडाइ गरिने बताए ।

ओलीले ३० जिल्लामा २०० भन्दा कोरोना सङ्क्रमित रहेको र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना सङ्क्रमित रहेको बताउँदै निषेधाज्ञाको पालना गरिदिन पनि नागरिकसँग आग्रह गरे ।

स्वास्थ्य मापदण्डको पालना गरेर र सावधानी अपनाएर नै महामारीविरुद्ध लड्न सकिने बताउँदै उनले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको पनि बताए ।

उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भन्दै त्यसका लागि सरकारको सबै संयन्त्र परिचालित रहेको ओलीले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*