नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गाेपनियताकाे सपथ

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले निर्वाचन घाेषणाा गरेपछि दाेश्राे पटक विस्तार गरिएका मन्त्रीमण्डलका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा मन्त्रिपरिषदका नवनियुक्त ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सपथ लिनेमा गृहमा खगराज अधिकारी, संचारमा नैनकला थापा, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी, माेहन बाँनीया प्रधामन्त्री तथा मन्त्री परिषदकाे कार्यालय र बन तथा वातावरण राज्यमन्त्रीमा आशा कुमारी बिक रहेका छन् ।