‘स्वास्थ्य सेवा हो, व्यापार होइन’ भन्नेहरु प्रहरी नियन्त्रणमा

निरन्तर न्यूज
२८ जेष्ठ २०७८, शुक्रबार १४:२०

काठमाडौं । नागरिक समाजका अगुवाहरु खगेन्द्र संग्रौला, नारायण वाग्लेलगायत २० जना पक्राउ परेका छन् ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै बालुवाटारमा प्रदर्शनमा उत्रिएका उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै प्रदर्शनमा उत्रिएका उनिहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’ लगायतका नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए ।

वालुवाटार अगाडि प्रदर्शनका क्रममा प्रहरीले नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेतीलगायत २० जनालाई पक्राउ गरेको हो।

नागरिक आन्दोलनले सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शनको तयारी गरिरहेकै बेला नागरिक अगुवामाथि प्रहरी हस्तक्षेप भएको हो । हाल उनीहरूलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*