इन्द्रसरोवर गाउँपालिकाकाे बजेट ३८ करोड ४१ लाख

हेटाैँडा । मकवानपुरकाे उत्तरी क्षेत्रकाे इन्द्रसरोवर गाउँपालिकाले आगामी आ.व.का लागि ३८ करोड ४१ लाख ५९ हजार ७ सय २६ रुपैयाँको बजेट नवौं गाउँ सभा मार्फत सार्वजनिक गरेको छ ।
गाउँपालिकाको नवौ गाउँ सभामा उपाध्यक्ष उमा कुमारी लामाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट उक्त रकमको बजेट विनियोजन गरिएको जानकारी दिईन् ।
गाउँपालिकाका प्रमुख जीवन लामाले आगामी आ.व. २०७८/७९ मा गाउँपालिकाको नीति तथा कार्यक्रम सडक पूर्वाधार बिस्तार र स्तरोन्नती, कृषि र पशु क्षेत्रको उत्पादन बृद्धि, बालमैत्री, अपाङ्गता मैत्री, वातावरण मैत्री, सरसफाई युक्त गाउँपालिका, आधारभूत तहको पूर्वाधारको सूूविधा, प्रविधियुक्त इन्द्रसरोवर बनाउने र स्वास्थ्य सेवाको विकास, विस्तार तथा प्रत्येक नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्ने अवसरको सुनिश्चितता गर्ने तर्फ केन्द्रित रहेको बताए ।