असार ३१ गतेसम्म त्यहा रहेका केहि ब्यक्तिहरु संक्रमण मुक्त भएपछि सेवा बन्द गरिएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताए । सस्थाको सामजिक उत्तरदायित्व र मूलकुलाई अप्ठ्यारो परेको अवस्थामा आफ्नो तहबाट हुने सहजिकरणको लागि आइसोलेसन सञ्चालन गरिएको संघले जनाएको छ । आइसोलेसनमा डाक्टर, नर्स सहितको स्वास्थ्यकर्मीएको एक समुहले सेवा दिएको थियो ।
उद्योग वाणिज्य संघले बन्द गर्यो आईसोलेसन सेन्टर
निरन्तर न्यूज
१ श्रावण २०७८, शुक्रबार २१:५२

हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा संघकै स्वामित्वको पल्पसन सभागृहमा सञ्चालनमा आएको आइसोलेसन सेन्टर आजबाट बन्द भएको छ । गत जेठ १९ गतेबाट संघले मकवानपुरको विभिन्न संघसस्थाको सहयोगमा आइसोलेसन सेन्टरलाई सञ्चालन गर्दै आईरहेको थियो । सञ्चालनमा आएको ४४ दिनपछि संघले आजबाट आइसोलेसन वार्डलाई बन्द गरेको हो ।