हेटाैँडाकाे संगम चाेकबाट अफिम जस्ताे पदार्थसहित युवा पक्राउ

निरन्तर न्यूज
५ श्रावण २०७८, मंगलवार ०९:५७

हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध अफिम जस्तो देखीने कालो पदार्थ सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका वडा नंब। ५ बस्ने ४४ वर्षीय रत्न भुलुन रहेका छन् ।

सोमबार बिशेष सुचनाको आधारमा हेटौडा उपमहानगरपालिका वडा नंबर २ संगमचोकस्थित सडकखण्डमा हिडिरहेको अवस्थामा ५ किलो ७०० ग्राम लागुऔषध अफिम सहित भुलुनलाई पक्राउ गरेको हो ।

भुलुनले भिरेको झोलामा खानतलासी गर्दा २ वटा पोलेथिनको झोला भित्र पोका पारी राखेको अवस्थामा ५ किलो ७०० ग्राम लागुऔषध अफिम जस्तो देखीने कालो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भुलुनलाई लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*