वामदेव क्षेत्री बने लुम्बिनी प्रदेशको योजना आयोग उपाध्यक्ष

रूपन्देही । लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री घिमिरे नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी माओवादी केन्द्रका नेता हुन् ।
यस्तै आयोगको सदस्यमा शिवपुजन यादव, दामोदर भुसाल नियुक्त भएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए । ५ सदस्यीय आयोगमा बाँकी सदस्य पछि नियुक्त गर्ने उनले बताएका छन् ।