भदौ २० गतेबाट मकवानपुरका शैक्षिक संस्था सञ्चालन हुने

निरन्तर न्यूज
१७ भाद्र २०७८, बिहीबार १९:३१

हेटौंडा । मकवानपुरका शैक्षिक यही भदौ २० गतेबाट सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बसेको बैठकले जिल्लाका बिद्यालय तथा क्याम्पसहरु यही भदौ २० गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको हो ।

मकवानपुरका दश वटै स्थानीय तहमा आउँदो आइतबारबाट विद्यालय खोल्ने निर्णय भएको शिक्षा विकास समन्वय इकाइ मकवानपुरका प्रमुख प्रेमराज खरेलले जानकारी दिनुभयो ।

जिल्लाका दश वटै स्थानीय तहले आफ्ना वडाहरुमा कोरोना संक्रमणको अवस्थालाई हेरेर खोल्न सक्ने छन् । कुनैपनि शैक्षिक संस्थाहरुले कोरोना संक्रमणका सबैखालका सुरक्षाका उपाय अपनाएर मात्र बिद्यालय खोल्न पाउने उहाँले वताउनुभयो । कोरोना संक्रमणका कारण बैशाख महिना देखि बिद्यार्थी बिद्यालय र क्याम्पसमा जान सकेका छैनन् । विद्यालयसँग सम्बन्ध रहेका विभिन्न संगठनले तयार पारिएको आचारसंहिताको प्रतिवेदन जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र (डिसिसीएमसी)को बैठकमा प्रस्तुत गरिएपश्चात आइतबारबाट विद्यालय सञ्चालन गर्ने निर्णय भएको हो ।

बैठकले मकवानपुरमा रहेका स्थानीय तहमा रहेको शिक्षा समितिलाई विद्यालय सञ्चालन गर्ने÷नगर्ने सम्पूर्ण अधिकार दिएर आइतबारबाट विद्यालय खोल्ने निर्णय भएको हो । नगर/गाउँपालिकामा रहेका शिक्षा समितिले अब बैठक बसी आफ्नो स्थानीय तहको क्षेत्रमा विद्यालय खोल्ने छलफल गरी सञ्चालन गरिने प्रशासनले जनाएको छ ।

लामो समयदेखी विद्यार्थी इन्टरनेटको पहुँच भएको स्थानमा अनलाइनबाट अध्ययन गरिरहेका छन् भने पहुँच नभएका विद्यार्थीहरु पढ्नबाट बन्चित भइरहेको अवस्था रहेको थियो । शिक्षा समितिको निगरानीमा स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन सुरु गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*