अर्थमन्त्रीले संसदमा पेश गरेको संशोधित बजेट (पूर्ण पाठसहित)

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दशरथ रंगशालामा पहिलो खेल खेल्दा जित निकालेको छ । बिहीबार भएको खेलमा नेपालले बंगलादेशी महिला टोलीलाई २-१ ले पराजित गरेको हो ।
नेपालको जीतमा सविता राना मगर र प्रीति राईले १-१ गोल गरे । बङ्गलादेशकी थोउरा खातुनले सान्त्वना गोल फर्काइन् ।
खेलको १३औं मिनेटमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । बिमला चौधरीको क्रसमार्फत आएको बललाई सविताले हेडरमार्फत जाली चुमाएकी थिइन् । २३औं मिनेटमा अर्की डेब्युटेन्ट प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।
८३औं मिनेटमा थोउरा खातुनले गोल गर्दै बङ्गलादेशलाई खेलमा फर्काएकी थिइन् । उनले मैदान प्रवेश गरेको पहिलो मिनेटमै गोल गरेकी थिइन् । त्यसपछि थप गोल भएनन् र नेपाल २-१ ले विजयी भयो ।
दोस्रो मैत्रीपुर्ण खेल आइतबार साँझ ५ बजे हुनेछ ।
Loading...