स्थानीय बासिन्दालाई पक्राउ गरिएको बिरोधमा रिद्धिसिद्धि उद्योग बन्द

निरन्तर न्यूज
९ असार २०७९, बिहीबार १३:२७

हेटौंडा । हेटौंडा–१५ स्थित रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योग स्थानीयले बन्द गराएका छन् । प्रशासनका कर्मचारी र स्थानीयसँग बुधबार छलफलका क्रममा सामान्य विवाद हुँदा एक जना स्थानीयलाई प्रहरीद्वारा पक्राउ गरिएको विरोधमा विहीबार स्थानीयले उद्योग बन्द गराएका हुन् ।

आज विहानैदेखि उद्योग गेट परिसरमा ठूलो संख्यामा जम्मा भएका स्थानीयले उद्योगको गेट बन्द गरि आयात निर्यात ठप्प पारेका छन् ।

हाल इन्धनको मूल्य वृद्धि भएकोमा उद्योगबाट हुने सामान ढुवानीको भाडा वृद्धि हुनुपर्ने माग लिएर स्थानीय ढुवानी व्यवसायी विक्रम दोङसहित अन्य ढुवानी व्यवसायी छलफलकालागि उद्योगमा पुगेका थिए । उद्योगमा छलफलका क्रममा उद्योगका कर्मचारी पीआरओ अच्युत पराजुलीसँग केहि विवाद भएको र बेलुका उद्योग प्रशासनका तर्फबाट प्रहरी बोलाएर स्थानीय विक्रम दोङलाई पक्राउ गरिएको अर्का ढुवानी व्यवसायी स्थानीय उमेश स्याङबोले जानकारी दिए । छलफलका क्रममा सामान्य विवाद भएको र धकेलाधकेल भएको उद्योगमै कार्यरत कर्मचारी स्थानीय भेषबहादुर स्याङतानले बताए ।

पक्राउ परेका स्थानीय ढुवानी व्यवसायी विक्रम दोङलाई रिहा नगरेसम्म उद्योगको आयात निर्यात बन्द यथावत रहने तथा संघर्ष जारी रहने ढुवानी व्यवसायी स्याङबोले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*