भारतविरुद्ध नेपालकाे सानदार जित

निरन्तर न्यूज
२४ भाद्र २०७९, शुक्रबार १८:५५

काठमाण्डाैा । श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिपको समूह चरणमा नेपालले भारतलाई पराजित गरेको छ। शुक्रबार भएको खेलमा नेपालले भारतमाथि ३-१ गोलको जित निकाल्यो। नेपालले सुरुमा गोल खाए पनि त्यसपछि तीन गोल गरेको थियो।

जितसँगै नेपाल समूह ‘बी’ को विजेता बन्यो। नेपाल र भारतले भुटानलाई पराजित गर्दै यसअघि नै सेमिफाइनलमा स्थान बनाएका थिए।

नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोलले हराउँदा भारतले ३-० गोलको जित निकालेको थियो।नेपालसँग पराजित भएको भारत भने समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्यो।

शुक्रबार भारतले नेपालविरुद्ध पहिले अग्रता लियो। भारतका लागि खेलको १७ मिनेटमा ड्यानी लैस्रमले गोल गरेका थिए।नेपालका लागि सरोज दर्लामीले ४५ मिनेटमा बराबरी गोल फर्काए। उनले डिबक्स बाहिरबाट हानेको प्रहारले जाली चुमेको थियो।

४९ मिनेटमा उनेश बुढाथोकीले नेपालका लागि दोस्रो गोल गरे।यस्तै खेलको ६८ मिनेटमा सुवास बमले उत्कृष्ट फिनिसिङ गर्दा नेपालले अग्रता ३-१ मा पुर्‍यायो।

अब नेपालले सेमिफाइनलमा सोमबार श्रीलंका वा माल्दिभ्स मध्ये एक टिमसँग खेल्नेछ। जित हात पारे नेपालले बुधबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

यता समूहमा उपविजेता बनेको भारतले भने सेमिफाइनलमा सोमबार नै समूह ‘ए’ को विजेता बंगलादेशसँग खेल्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*