मकवानपुरमा आत्महत्या राेकथामका लागि अन्तरक्रिया

निरन्तर न्यूज
२५ भाद्र २०७९, शनिबार २०:३८

हेटौंडा । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालय हेटौंडाको आयोजनामा विश्व आत्म हत्या रोकथाम दिवसका अवसरमा आज मकवानपुरका सञ्चारकर्मीहरुसंग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको छ । आशा जगाऔं, जिवन बचाऔं भन्ने मुलनाराका साथ कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहभागिहरुले प्रस्तुतीका क्रममा आत्महत्याका घटना धेरै बढ्न थालेकाले यसको न्युनिकरणमा जोडदिनुपर्ने बताएका छन् । आत्म हत्याको सख्या बर्षेनी बढ्दै गएको नेपाल प्रहरीको तथ्याङकमा उल्लेख छ ।

मकवानपुरमा आत्महत्याको घटना १४ प्रतिशत रहेको पाइएको छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आयोजित कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक दीपक रेग्मीले मकवानपुरमा आत्महत्या १४ प्रतिशत भएको बताएका छन् ।

स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको कार्यक्रममा रेग्मीले तथ्याङगत विवरण पेश गर्दै आव २०७६/७७ मा विष खाएर ६० जना, झुण्डीएर ८६ जना, आव २०७७/७८ मा विष खाएर ४८ जना, भुण्डीएर ९२ जना र पानीमा हामफालेर १ जनाले आत्महत्या गरेको बताए । उनले २०७८/७९ मा भने विष खाएर ३२ जना, भुण्डीएर ९० जना र पानीमा हामफालेर २ जना रहेको बताए ।

उनले मानसिक रोग र दीर्घरोग, एक्कासी पर्ने तनाव, चरम निराशा, गरिबी, कष्टदायिक पारिवारिक जीवन, अवैध गर्भ, पारिवारिक बिमेल, घरेलु हिंसा, दाइजो प्रथा, प्रेममा धोका, परिवारबाट तिरस्कृत, असफलता जस्ता विभिन्न कारणले मानिसहरु आत्महत्या गर्ने गरेको पाइएको बताए ।

स्वास्थ्य निर्देशक महेश्वर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, बागमती प्रदेश महासंघका निवर्तमान अध्यक्ष प्रताप विष्ट लगायत कोसिस संस्थाका थमकुमारी कुँवर, स्वास्थ्य मन्त्रालयका डा. रविन भुषाल, स्वास्थ्य निर्देशनालयका पदमराज कैनी, प्रहरी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु