स्कटल्याण्डमाथि नेपालको जित

निरन्तर न्यूज
५ फाल्गुन २०७९, शुक्रबार १६:४९

काठमाडौं । अलराउन्डर दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डमाथि तीन विकेटको शानदार जित हासिल गरेको छ ।

जितका लागि पाएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले १ सय १६ बलमा ८ चौका र १ छक्कासहित नटआउट ८५ रन बनाए । दीपेन्द्रको लिग टूमा यो पहिलो अर्धशतक हो । उनको यो ओडिआई करिअरको दोस्रो उत्कृष्ट प्रदर्शन हो । दीपेन्द्रको करिअरको उत्कृष्ट प्रदर्शन गत वर्ष मार्चमा पपुवा न्युगिनीविरुद्ध १ सय ५ रन थियो ।

सोमपाल कामी ३२ बलमा ३ चौकासहित २४ रनमा नटआउट रहे । सोमपालले चौका प्रहार गर्दै विजय दिलाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*