बागमती प्रदेशसभा बैठक चैत्र १० गते बस्ने

निरन्तर न्यूज
९ चैत्र २०७९, बिहीबार १०:१२

हेटौँडा । बागमती प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित भएको छ । आज बस्ने भनिएको बैठक विषेश कारण देखाई सूचना टाँस गरेर स्थगित गरिएको बागमती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले बताए ।

आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वसको मत लिने कार्यक्रम रहेको थियो ।

तर नेपाली कांग्रेसका सांसदहरु अनुपस्थित रहेपछि बैठक १० गतेसम्मको लागि स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु