लडाकु शिविरमा घोटाला देखिए म जेल जान तयार छु : प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकु शिविरमा भएको भनिएको घोटाला काण्डको छानबिन गरेर दोषी ठहर देखिए आफू जेल जान तयार रहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा सांसद ज्ञानेन्द्र शाहीले सोधेको प्रश्नको जवाफ दिँदै राजनीतिक पूर्वाग्रहको आधारमा आरोप लागेको दाबी गरे।
‘‘लडाकु शिविरमा भएको खर्च पहिल्यै अडिट भइसकेको विषय हो। यसमा कुनै अनियमितता छैन। यसमा लाग्दै आरोप राजनीतिक पूर्वाग्रहमा आधारित हो भन्ने मेरो दृढ विश्वास छ। यसमा छानबिन भएर दोषी देखियो भने म जेल जान तयार छु।’’
केही दिनअघि नेकपा एमालेको पार्टी केन्द्रीय कमिटी बैठकले सो काण्डलगायत भ्रष्टाचारका अन्य काण्ड पनि छानबिन गर्न माग गरेको थियो। यस्ता भ्रष्टाचार काण्डको छानबिनमा सरकारलाई पूर्ण सहयोग गर्नेसमेत बताएको एमाले संसदमा समेत कुरा उठाउँदै आएको छ।