स्वास्थ्यमन्त्री बस्नेतद्वारा हेटाैँडाकाे सामुदायिक अस्पतालकाे उदघाटन

निरन्तर न्यूज
२१ आश्विन २०८०, आईतवार ०९:००

हेटौँडा । हेटौँडा उपमहानगरपालिका –६ मा सिद्धस्थली ग्रामीण सामुदायिक अस्पतालको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभएकाे छ ।

विदेशमा चिकित्सा विषय अध्ययन गर्न गएका विद्यार्थीको पहल र दाताहरुको सहयोगमा स्थापना भएकाे अस्पताले सरकारलाई समेत झकझकाएको बताउदै मन्त्रि बस्नेतले अस्पतालको लागी आवश्यक सहयोग सरकारका तर्फबाट प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाँले ऐनमा संशोधन नभएमा पाँच वर्षपछि नेपालमा नर्स र चिकित्सक अभावको समस्या अझै थपिने बताउँदै नर्स, चिकित्सा अध्ययनका नाममा वार्षिक करोडौँ रुपियाँ विदेशिने बताउनुभयो । सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि मुहान नै संग्लो हुनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन आवश्यक भएको औंल्याउनुभयार् ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा सुधारगरी स्वास्थ्यलाई हुनेखानेको मात्र नभएर हुँदाखानेको समेत पहुँचमा पुगाउन लागेको बताउनुभयो ।

प्रदेश सभा सदस्यद्वय प्रेमबहादुर पुलामी र एकालाल श्रेष्ठलगायतले चिकित्सकमाथि हुने दुव्र्यवहार रोकिनुपर्नेमा जोड दिनुभयो । अस्पतालका अध्यक्ष डा. अवन गौतमले १५ शैयाको अस्पताल निर्माणमा हालसम्म पाँच करोड रुपियाँ लागेको र थप दुई करोड रुपियाँ लाग्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु