राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशमा सत्ता गठबन्धनबाट ४ जनाकाे मनोनयन दर्ता

निरन्तर न्यूज
२३ पुष २०८०, सोमबार १६:३२

हेटौंडा । राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशबाट सत्ता गठबन्धनबाट ४ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

सोमबार हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कांग्रेसबाट महिला क्लस्टरमा विष्णु कुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजंग बस्नेतले मनोनयन दिएका छन् ।

यस्तै, माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*