इलाममा सुहाङको मत १३ हजार नाघ्यो, कांग्रेसका खड्कासँग ४ हजार बढी मतान्तर

निरन्तर न्यूज
१७ बैशाख २०८१, सोमबार १४:४०

काठमाडौं । इलाम-२ मा नेकपा एमालेको अग्रता कायमै छ ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १३ हजार मत कटाउँदा मतान्तर झण्डै ५ हजारले फराकिलो बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १३ हजार ६९ मत प्राप्त गर्दा प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार ३ सय ८६ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ३ सय ११ मत र रास्वपाका मिलन लिम्बूले २ सय ९ मत प्राप्त गरेका छन् ।

फाकफोकथुम गाउँपालिकाको वडा नं. १ र २ को मतगणना सकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*