यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारतमा कार्यतालिका

निरन्तर न्यूज
२७ जेष्ठ २०८१, आईतवार १४:४६

काठमाडौं । भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली प्रस्थान गरेका छन् ।

नयाँ दिल्लीमा प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा सचिवले स्वागत गर्नेछन् । यसअघि प्रधानमन्त्रीलाई स्वागत मन्त्रीले गर्ने प्रचलन थियो । तर, यसपटक नयाँ मन्त्री नियुक्त नभएकाले सचिवस्तरबाट स्वागत हुनेछ ।

प्रधानमन्त्री प्रचण्ड बेलुका शपथ ग्रहण समारोहमा सहभागी हुनेछन् । त्यसलगत्तै राष्ट्रपति द्रोपदी मूर्मुले दिने राजकीय भोजमा प्रधानमन्त्री प्रचण्डसहितको टोली सहभागी हुनेछ ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता समेत हुनेछ । उक्त भेटवार्ता सम्भवत: आजै नत्र भोलि हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*