मेराे पहिलो प्राथमिकता सुशासन हाे : मुख्यमन्त्री लामा

निरन्तर न्यूज
१७ श्रावण २०८१, बिहीबार ०७:०४

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफ्नो पहिलो प्राथमिकता सुशासन भएको बताएका छन् । नेपाली कांग्रेस वाग्मती प्रदेश समितिले आफ्नो पार्टीबाट प्रदेश सरकारमा सहभागी भएका मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई बधाई ज्ञापन गर्ने कार्यक्रममा सम्बोधन गर्दै उनले भ्रष्टाचाररहित प्रदेशको निर्माणको अभियानमा आफू रहेको बताए ।

‘जनतामा देखिएको निराशालाई हटाउँदै सुशासन कायम गर्ने र देखिने गरी काम गर्ने मेरो योजना रहेको छ,ु उनले भने । मुख्यमन्त्री लामाले दलका कार्यकर्ताहरुलाई साना र टुक्रे योजनाभन्दा पनि ठूला र प्रभावकारी योजना लिएर आउन सुझाएका छन् ।

कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीसँगको समन्वय र सहकार्यमा आम नागरिकको हितमा काम गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु