हेटाैँडामा जमीन भासिएर हराएकाे गाडीको पार्टपुर्जा भेटियाे

निरन्तर न्यूज
८ जेष्ठ २०८२, बुधबार १९:२८

हेटाैँडा । हेटौँडा da १६ गैरीगाउँमा गत बैशाख १९ गते जमीन भासिएर हराएकाे गाडीकाे केही भाग भेटिएकाे छ ।

मंगलबार देखि खाेजी गरिएकाे गाडीका केही भाग र टायर फेला परेकाे छ । खानी तथा भुगर्भ विभागबाट आएकाे भुगर्भविद्काे टाेलीले  बैशाख २५ गते उक्त जमीन भासिएकाे कारण बाेरिङ भएकाे बताएकाे थियाे । तत्पश्चात् उक्त गाडी भासिएकाे स्थानमा प्रवेश निषेधकाे सचेतना बाेर्ड लगाएर कुनै काम पनि हुन सकेकाे थिएन ।

यसै अनुरुप मंगलबार हेटाैँडा १६ का वडा अध्यक्ष रामकृष्ण काेइरालाकाे सक्रियतामा हराएको बोलेरो गाडी खोज्न एक्स्काभेटर प्रयोग गरिएको हो। माटो परीक्षणको रिपोर्ट र भूगर्भशास्त्रीको रिपोर्टअनुसार सतर्कता अपनाएर जेसिभि प्रयाेग गरि भासिएकाे स्थान वरपर खन्ने क्रममा बाेलेराेकाे केही पार्टपुर्जा र टायर करिब १० मिटरकाे गहिराइमा फेला परेकाे वडाअध्यक्ष काेइरालाले बताए । भूगर्भविदको टोलीले उक्त स्थानमा उत्खनन गरी सवारीसाधन खोजी गर्न सकिने सुझाव दिएअनुसार नै एक्स्काभेटर र क्रेनकाे सहयोगमा अनुभवि अपरेटर लगाएर उक्त स्थानमा उत्खनन् गर्दै जाँदा गाडीकाे टायर र पार्टपूर्जा फेला परेकाे हाे ।

खाेजी गर्नका लागि एक्साभेटर राखिएकाे स्थानकाे जमीन अलि दबिन थालेपछि र छेवैकाे माछापाेखरीबाट लगातार पानी आउन थालेपछी खाेजी गर्ने कार्य राेकिएकाे छ र यसभन्दा अगाडी अन्य निकायबाट पनि पहल गर्नपर्ने काेइराला बताउँछन् ।

हराएको गाडीको टायर तथा पार्टपुर्जा ।

बैशाख १९ गते मंलबारबाट दिउँसाे हेटाैँडा ५ का स्थानीय हरिराम राईको जमीन भासिएर हराएकाे ना ४ च ४८३३ नम्बरको बोलेरो गाडीकाे खाेजी गर्न हेटौँडा उपमहानगरपालिकाले २३ वैशाखमा भूगर्भ विभागबाट भूगर्भविदको टोली बाेलाई अध्ययन गर्न पत्राचार गरेकाे थियो।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् डाक्टर नारायण अधिकारीकाे अध्ययन टाेलीले उक्त क्षेत्रमा रहेको बोरिङका कारण भासिएर गाडी हराएको निष्कर्ष निकालि  विभागबाट माटो परिक्षणका लागि नमुना संकलन गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु