बिच्छिको टोकाइबाट बकैयाकी एक बालिकाको मृत्यु

हेटौंडा । मकवानपुरको बकैयामा बिच्छिको टोकाइबाट एक बालिकाको ज्यान गएको छ ।
बकैया – ७ मैनाटार बस्ने बिर बहादुर वाईवाकी अन्दाजी ८ वर्षीया छोरी अस्मिता वाईवाको मृत्यू भएको मकवानपुर प्रहरीले जनाएको छ ।
बिच्छिले बुधबार साँझ आफ्नै घरमा नुहाएर कपडा लाउने क्रममा अस्मिताको बाया साइडको कम्मरको भागमा टोकेको थियो। टोकेर गम्भीर घाइते उनको बिहीबार एक्कासी स्वास प्रश्वासमा समस्या देखेपछि बिहीबार दिउँसो हेटौंडा अस्पताल उपचारको लागि ल्याइएकोमा उपचारको क्रममा राती मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्।
घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । शव हेटौंडा अस्पतालमै रहेको छ।