हेटौंडामा करेन्ट लागेर एक जनाकाे मृत्यु

निरन्तर न्यूज
४ असार २०८२, बुधबार २१:१५

हेटौंडा। हेटौंडामा करेन्ट लागेर एकजनाकाे मृत्यु भएको छ।

बुधबार दिउँसो हेटौंडा १९ नेवारपानीमा रहेको तारा फाईबर उद्योगमा हेड अपरेटरको रुपमा कार्यरत एक जना भारतीय नागरिकको करेन्ट लागेर मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । मृत्यु हुनेमा भारत बिहार राज्य पुर्वि चम्पारण बस्ने अन्दाजी ४० वर्षीय भुषण बैठा रहेको जनाइएको छ।

उनी उद्योग नजिकै सोनो खोल्सा किनाराबाट मोटर लगाएर पानी तान्ने क्रममा मोटरमा पानी नआएपछि मोटरलाई चेकजाँच गर्ने क्रममा अचानक करेन्ट लागेको र करेन्ट लागेर घटनास्थलमै ज्यान गएको जनाइएको हो।शव पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु