सांसद थापाले संसद बैठकमै च्याते बजेट पुस्तिका

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले बजेट पुस्तिका च्यातेका छन् । उनले अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको भन्दै उनले संसद बैठकभित्रै विहीवार बजेट पुस्तिका च्यातेका हुन् ।
खासगरी भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखमात्र होइन धेरै तिरका जनतालाई सम्बोधन गर्न नसकेको उनले बताए । बजेट नेतामुखी र मन्त्रीमुखी भएको आरोप उनले लगाए ।
दैलेखहुँदै जुम्ला जाने सडकमा ७९ किलोमिटर दूरी छोटिन्छ भन्दा सरकारले नसुनेको उनले बताए । ‘भौतिक मन्त्रालयको बजेटले धेरै जिल्ला सम्बोधन गर्न सकेन । अहिलेको बजेट नेतामुखि भएको हुनाले बजेटको किताब हेरेँ, जनताबाट उठेको राजस्वले जनताप्रति उत्तरदायित्व लिएको छैन । एकाधिकार कायम गरेकाले अनुमति लिएर सदनभित्र यो किताब च्यातेको छु,’ उनले भने ।