हेटौंडाको होटेल रत्नामा सरस्वतीकि एक युवती मृत फेला

हेटौंडा। हेटौंडा वडा नम्बर १० बसपार्कमा रहेको होटल रत्नामा हेटौंडा ११ की एक युवती मृत अवस्थामा फेला परेकी छिन्। मृत अवस्थामा फेला पर्नेमा हेटौँडा ११ की अन्दाजी २३/२४ वर्षीय एलिसा न्यौपाने रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । उक्त महिला एक पुरुषसंग आइतबार राति उक्त होटलको कोठा नम्बर २०५ बसेको र बिहान अबेरसम्म नउठेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी टोली र संचालक, जनप्रतिनिधि सहितले झ्यालबाट हेर्दा युवति ओछ्यानमा मृत अवस्थामा फेला परेको डिएसपी भण्डारीले जनाएका छन् । कोठा भित्रबाट लक गरिएको अवस्थामा रहेको र आफै घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकिएको...