एटीएम फुटाउँदै गर्दा एक युवक पक्राउ

निरन्तर न्यूज
१४ श्रावण २०८१, सोमबार ०९:२७

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजुचोकमा एटीएम फुटाउने क्रममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका–१ घर भई हाल काठमाडौं– १४ कलंकी बस्ने वर्ष १८ को राधेश्याम बैठा छन्।

बैठालाई प्रहरीले एटीएम फुटाउन प्रयोग गरेको फलामको रडसहित पक्राउ गरेको हो।

आज (साउन १३ गते) अन्दाजी २ः४४ बजेको समयमा बालाजु चोकस्थित माछापुच्छ्रे बैंक लिमिटेडको एटीएम फुटाउँदै गर्दा उनी समातिएका हुन्।

खबर प्राप्त हुनासाथ तत्काल उक्त स्थानमा प्रहरी टोली पुगेको काठमाडौं प्रहरी परिसरले जनाएको छ। प्रहरी वृत्त बालाजुमा राखेर थप अनुसन्धान भई रहेको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु