आजैको दिन राम सिताको विवाह यसरी भएको थियो ?
त्रेता यूगमा आजैको दिन अयोध्या वाट राजकुमार राम आएर मिथिला राज्य को राजधानी जनकपुर धाममा राजकुमारी सितालाई बिवाह गर्नुभएको तिथी मानिन्छ । त्रेता यूगको रामायणका प्रसङ्ग अन्तर्गत् विवाह पञ्चमीको ब्याख्या गर्न चाहयौं, मंसिर शुक्ल पञ्चमी अर्थात् आजैको दिन आर्दश जोडी राम सिताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दू संस्कृति अनुसार भएको हो । सप्ताहव्यापी रुपमा गरिने विवाह उत्सवमा रामजानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ । त्यहि भएर जो कसैले पनि विवाह पञ्चमीका दिन विवाह गर्दा साइत हेर्नु नपर्ने पौराणिक मान्यता रहँदै...