दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौँ । दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । व्यापारी धम्काएको आरोपमा सीआईबीले पक्राउ गरेका प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । सर्वोच्चमा दोस्रो पटक दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि प्रसाईंलाई शुक्रबार सुनुवाईका लागि अदालत लगिएको थियो । दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सुनुवाईपछि अदातलका न्यायाधीश नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो । यसअघि प्रधानमन्त्रीको विषयमा भ्रामक अभिव्यक्ति दिएको भन्दै साइबर ब्युरोले पक्राउ गरेका प्रसाईं ४० हजार धरौटी तिरेर छुटेका थिए । त्यसलगत्तै उनलाई...