इन्डोनेसियामा शक्तिशाली भूकम्प

निरन्तर न्यूज
१४ फाल्गुन २०८१, बुधबार १३:१९

काठमाडौं । इन्डोनेसियाको भूगर्भीय सर्वेक्षण विभागले बुधबार बिहान सुलावेसी प्रान्तमा भूकम्पको धक्का महसुस गरिएको जनाएको छ । भूकम्पको तीव्रता ६.१ रेक्टर स्केलको थियो ।

भूकम्पको केन्द्रबिन्दु जमिनबाट १० किलोमिटरमुनि रहेको विभागले जनाएको छ । भूकम्पबाट कुनै क्षतिको समाचार नआएको र सुनामीको चेतावनी पनि जारी नगरिएको बताइएको छ । यसअघि सन् २०२१ मा पनि सुलावेसी प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यो भूकम्पमा १०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने हजारौं घरबारविहीन भएका थिए । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*