ओली समूहको संसदीय दलको बैठकमा बहुमत सांसद उपस्थित भएको दाबी
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको संसदीय दलको बैठक शनिवार बसेको छ । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकमा बहुमत सांसद् उपस्थित भएको दाबी गरिएको छ । राष्ट्रिय सभाका प्रमुख सचेतक समेत रहेका सांसद् खिमलाल भट्टराईले बैठकमा १ सय १५ जना सांसद उपस्थित भएको दाबी गरे । उनले राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९१ जना सांसद् उपस्थित भएको दाबी गरेका हुन् । ओली समूहको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने भनिएपनि अन्तिममा बालुवाटारमा नै बस्ने निर्णय भएको थियो ।

