प्रचण्ड–नेपाल पक्षले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौं । सत्तारुढ नेकपा प्रचण्ड–नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ । उक्त पक्षको सचिवालयको निर्णय अनुसार आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने जानकारी दिइएको छ । सर्वोच्च अदालतले संसद पुनःर्स्थापना गरिदिएपछि प्रचण्ड–नेपाल पक्षका नेताले दौडधूप गरिरहेका छन् । आगामी सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेताहरुलाई समेत भेटेर छलफल गरिसकेको जनाइएको छ । २३ गते संसद बैठकसमेत आह्वान भैसकेकोले पनि कसरी प्रस्तुत हुने विषयमा प्रचण्ड–नेपाल समूहले केन्द्रीय समितिबाट रणनीति तय गर्ने बुझिएको छ ।

