ओलीले अझै पनि अटेर गरे सिंहदरबार र बालुवाटार घेर्ने आमसभा हुन्छ : प्रचण्ड
काठमाडाैं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पनि अटेर गरिरहे सिंहदरबार र बालुवाटार घेर्ने लगाएत ठूला आन्दोलन हुने चेतावनी दिएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित विरोधसभाको सम्बोधनमा प्रचण्डले प्रतिगमन, निरंकुशता र लोकतन्त्रको हत्या गर्ने केपी ओली चरित्र जनताले बुझिसकेकोले जरुरी पर्यो भने बालुवाटार र सिंहदरबार घेर्ने ठूलो आमसभा हुने बताए । उनले आफू स्टेजमा रहँदा सभामा ५ लाख सहभागी भएको एसएमएस आएको उल्लेख गर्दै त्यो आफ्नो अनुमान नभएको प्रस्ट पारे । नारायणहिटी दरबार संग्राहलयअगाडि २३ गते केपी ओली समूहले गरेको सभा सारा राज्यकोषको दुरुपयोग गरे पनि उत्साहजनक नभएको...



















