नेकपा ओली समूह राष्ट्रिय युवा संघकाे अध्यक्षमा बचन सिंह चयन

निरन्तर न्यूज
२७ माघ २०७७, मंगलवार १०:५४

काठमाडौं । नेकपाको ओली पक्षीय राष्ट्रिय युवा संघको अध्यक्षमा बचनबहादुर सिंह चयन भएका छन् ।

नेकपा दुई समूहमा विभाजित भएपछि राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ प्रचण्ड–माधव समूहमा लागेका छन् । त्यस्तै सहसंयोजक रहेका रमेश पौडेल भने ओली समूहमा छन् ।

आइतबार र सोमबार बसेको ओली पक्षीय संघको केन्द्रीय कमिटी बैठकले सिंहलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै किरण पौडेल सह–अध्यक्षमा चयन भएका छन् ।

ओली पक्षले संघको उपाध्यक्षमा सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनार, नृपेन्द्र महत, सञ्जिव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम र सुमन पुरी चयन भएका छन् । रमेश आचार्य संघको महासचिव बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*