संविधानमा सबै क्षेत्रका जनतका अपनत्व हुनुपर्ने : नेता महताे
मोरङ । जनता समाजवादी पार्टी नेपाल ९जसपा०का वरिष्ठ नेता राजेन्द्र महतोले संविधानमा सबै क्षेत्रका जनतका अपनत्व हुनुपर्ने बताएका छन् । सो पार्टीको जिल्ला समन्वय समिति मोरङद्वारा मंगलबार मोरङमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले पहाड, हिमाल र तराईमा बसोबास गर्ने सबै नागरिकको समानुपातिक समावेशी केन्द्रित संविधान हुनुपर्नेमा जोड दिए । वरिष्ठ नेता महतोले संसद् पुनःस्थापना र निर्वाचनबाट जनताका समस्या समाधान नहुने उल्लेख गर्दै जनताको अधिकार स्थापित गर्न मुलुकमा सुशासन कायम हुनुपर्ने र आर्थिक समृद्धिका लागि संविधान संशोधन नै स्थायी समाधान रहेको धारणा व्यक्त गरे । उनले स्वार्थ र कुर्सीको लडाइँका कारण संसद् विघटन भएको उल्लेख गर्दै ७०...



















