केपी ओली कमरेड हैन, सर्वसत्तावादी शासक हाे : अष्टलक्ष्मी शाक्य
काठमाडौँ । नेकपा (दाहाल-नेपाल पक्ष)की नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी शासक बनेको बताएकी छन् । पार्टीले आयोजना गरेको संसद् विघटनको विरोधमा आयोजित सभामा बोल्दै शाक्यले प्रधानमन्त्री ओलीले जनताले गरेको आन्दोलन र संविधानको अपेक्षा पूरा गर्न नसकेको बताइन् । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा नेतृ शाक्यले भनिन्, जनताको शक्तिको अगाडि राजसंस्था त टिकेन भने केपी ओली कहाँ टिक्छ रु केपी ओली आज कामरेड बन्नुभएन, सामन्ती शासक बन्नुभयो, सर्वसत्तावादी शासक बन्नुभयो । जनताको अधिकार खोस्ने शासक बन्नुभयो । ओली नेतृत्वको सरकारले सुशासन, महिला सुरक्षा लगायतका कुरामा चुकेको नेतृ शाक्यको भनाइ थियो । नेकपाको नेतृत्वमा लोकतान्त्रिक गणतन्त्रमा...



















