आइसोलेसनमा भिआईपीहरु
काठमाडौं । कोरोना सङ्क्रमितको सम्पर्कमा पुगेको देखिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा होम आइसोलेसनमा बसेका छन् । छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण भेटिएपछि केही दिनअघि सोही स्थानमा बैठकमा सहभागी भएकाहरु होम आइसोलेसनमा बसेको बताईएको छ । यस्तै सचिव महेन्द्र गुरागाई पनि होम आइसोलेसनमा बसेका छन् । सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि साढे दुई घन्टा छलफल भएको थियो । बैठकमा सहभागी एक कर्मचारीमा सङ्क्रमण देखिएको हो । मन्त्रीहरुसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरुको पनि...