म कास्कीबाट चुनाव उठ्दिन : बामदेव गाैतम, स्थानीय कमरेडहरु उम्मेदवारकाे निम्ति पहिलाे हकदार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले आफू कास्कीबाट उपनिर्वाचनमा चुनाव नलड्ने सन्देश दिएका छन् । नेकपाकाे शनिबार बसेको सचिवालयको बैठकपछि नेता गौतमले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको बताएका छन्  । गाैतमले बर्दियाबाट निर्वाचनमा पराजित भएको र कास्कीमा मतान्तर कम भएकोले त्यहाँ पनि पराजित हुने आफ्नाे तर्क राखेका छन् । ‘यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया-१ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो,’ उनले भनेका छन्, ‘तर, म...