आजदेखि ६५ वर्ष पूरा भएर ६६ वर्ष लागे प्रचण्ड

निरन्तर न्यूज
२६ मंसिर २०७६, बिहीबार १३:४४

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६५ वर्ष पूरा भएर ६६ वर्ष लागेका छन्।

प्रचण्डको जन्म २०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरी-२ मा भएको थियो।

प्रचण्डको जन्मदिनको कुनै विशेष कार्यक्रम भने आयोजना नगरिएको उनको सचिवालयले जनाएको छ।

स्रोतका अनुसार प्रचण्ड आज कुनै औपचारिक कार्यक्रम पनि सहभागी हुने छैनन्। उनी भोलि बस्ने नेकपा सचिवालय बैठकको तयारीमा जुटेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*