संविधानमा रहेका कमजोरीलाई सच्याएर सवल पक्षको रक्षा गर्न जरुरी : बाबुराम भट्टराई

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संविधानमा रहेका कमजोरीलाई सच्याएर सवल पक्षको रक्षा गर्न जरुरी रहेकाे बताएका  छन् । शुक्रबार समाजवादी पार्टीले काठमाडौंमा आयोजना गरेको ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा ‘संविधान घोषणा गर्ने बेला आफूले भनेको संविधान ‘आधा गिलास भरी, आधा गिलास खाली’ को भनाईमा आफ्नाे अडान  यथावत रहेकाे छ,’ उनले भने, ‘बाँकी आधा गिलास भरेपछि मात्र स‌ंविधान सर्वस्वीकार्य हुन्छ ।’ उनले पहिचान भएर नै संघीयता हुने कुरा बु्झ्न सबैलाई आग्रह गर्दै पहिचान बिना संघीयता नै नहुने स्पष्ट पारे । उनले नागरिकतामा छोरा र छोरीबीच समान व्यवहार गर्नुपर्नेमा भन्दै विदेशी ज्वाइँ...