राप्रपा मकवानपुरको प्रशिक्षण कार्यक्रम

निरन्तर न्यूज
२३ भाद्र २०७६, सोमबार १५:४६

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले आज हेटौंडामा प्रशिक्षक प्रशिक्षण कार्यक्रम भएको छ । संगठन निर्माण वर्ष-२०७६ मनाइरहेको राप्रपाले हेटौंडामा प्रशिक्षण कार्यक्रम गरेको हो । पार्टीको केन्द्रीय अध्यक्ष कमल थापाको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । मकवानपुर जिल्लाका विभिन्न स्थानिय तहका पार्टीका नेता देखि अगुवा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा पार्टीका सहमहामन्त्री तथा प्रशिक्षक भक्ती प्रसाद सिटौंला, दीपक बहादुर सिंह, प्रदेश सभा सदस्य रीता माझी, पूर्व जिल्ला अध्यक्ष गणेश थापा, सहायक महामन्त्री राजाराम बर्तौला, नगर अध्यक्ष गुरुप्रसाद सापकोटा, नेता सिताराम बर्तौला लगायतका नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रम जिल्ला अध्यक्ष मधु अधिकारीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु