कांग्रेसको अवरोधका कारण प्रधानमन्त्री ओलीको संसदमा सम्बोधन अवरुद्ध (भिडियाे सहित)

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रधानमन्त्री केपी ओलीको संसदमा सम्बोधन अवरुद्ध भएको छ । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले संसदमा सम्बोधन गर्नुभन्दा अगाडि नै कांग्रेस संसदहरुले संसदीय मर्यादा कायम गर्न माग गर्दै नारा जुलुस गरेपछि प्रधानमन्त्रीको सम्बोधन प्रभावित भएको हो । नेपाली कांग्रेसका सांसदहरुले बैठकको कामकारबाही सुरु हुनासाथ नाराबाजी सुरु गरेका थिए । सभामुख कृष्ण बहादुर महराले बारम्बार बस्न आग्रह गर्दा पनि कांग्रेस सांसदहरुले अवरोध गरिरहेपछि सभामुखले अर्को बैठक बुधबारका लागि बोलाएका छन् ।