पत्रकार धम्क्याउने मेयर द्वारिकालालले मागे माफी (विज्ञप्ती सहित)

निरन्तर न्यूज
२६ जेष्ठ २०७६, आईतवार २१:३०

काठमाडौं । पत्रकारलाई धम्क्याउने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले माफी मागेका छन् ।

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले प्रेस जगतसँग आत्मालोचना गरेका छन् । चौधरीले केही दिनअघि एक पत्रकारलाई दिएको अभिव्यक्तिले सञ्चार जगतमा चोट परेको भन्दै आत्मआलोचना गरेका हुन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै मेयर चौधरीले सो अभिव्यक्तिले प्रेस जगतलाई आघात पर्न गएको भन्दै आफ्नो विचार फिर्ता लिएका छन् । उनले आफ्नो पत्रकार सञ्चार जगतप्रति चोट पुर्‍याउने कुनै मनसाय नरहेको समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।

मेयर चौधरीले इटहरी उपहमहानगरपालिका समेत प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको जनाएका छन् ।

विज्ञप्ति

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*