मनहरी खोलामा ५२ हजार माछाको भुरा छाडियो
हेटौँडा । प्राकृतिक जलाशयमा जलीय विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्ने उद्देश्यले पश्चिम मकवानपुरको मनहरी खोलामा विभिन्न जातका ५२ हजार माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवम् संरक्षण केन्द्र हेटौँडाले मनहरी खोलामा रहु, नैनी र भकुर जातका माछाका भुरा छाडेको हो । मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, ७ नम्बर वडाध्यक्ष ठाकुर तितुङ, केन्द्रका वरिष्ठ मत्स्य विकास अधिकृत बलराम आचार्यलगायतको सहभागितामा मनहरी पुल नजिकैको खोलामा माछामा भुरा छाडिएको थियो । माछाको भुरा छाड्ने कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले गाउँपालिकामा पनि माछा मारेर जिविका चलाउने समुदाय रहेको...



















