मेयर तरकारी पकेट कार्यक्रम अन्तर्गत थाहामा कृषि सामाग्री बितरण

निरन्तर न्यूज
१४ फाल्गुन २०८१, बुधबार १९:१८

थाहा । आर्थिक वर्ष २०८१/०८२ का लागि स्वीकृत भएको मेयर वडा स्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम अन्तर्गत थाहा नगरपालिकाको वडा न ७ मा रहेको दुई समूह लाई कृषि सामाग्री वितरण गरिएको छ।

थाहा नगरपालिका वडा न ७ राम्चेमा रहेको पारिजात कृषक समुह र डाडाबासमा रहेको सुन्दरीदेवी कृषि समूह लाई कृषि सामाग्री वितरण गरिएको हो।

सुन्दरी देवी कृषक समुहलाई मिनिटिलर ७ एच पि १५ थान,मिनि टिलर डिजल २ थान,स्पे पम्प ४८ थान,मल्चिङ पाल्स्टिक ३०रोल,डिजिटल काटा ९ थान,सिम्पोलिन ४ थान,हिलटेक २ हजार लिटरको १ थान,हिलटेक १ हजार लिटरको २ थान,हिलटेक ५ सय लिटरको ५ थान,गार्डेन पाइप ८६ केजी,हजारी १० लिटरको २६ थान,स्पृङ्कक ठूलो ५ थान सानो १ थान को कृषि सामाग्री ५० प्रतिशत अनुदानमा प्रदान गरिएको कृषि शाखा प्रमुख सन्जय तिवारीले जानकारी दिए।

तेसै गरि पारिजात कृषि समुहलाइ मिनिटिलर पेट्रोल १७ थान,मिनिटिलर डिजल २ थान,स्प्रे पम्प ४० थान,युभी प्लास्टिक १ सय माइक्रोनको २ रोल,मल्चिङ प्लास्टिक २० रोल,बायोटिक चुन २ सय ८० केजी,हिलटेक १ हजार लिटरको २ थान,डिजिटल काटा ३ थान,स्प्रीङकल ठूलो सानो १२० थान,एचडिइपि २० एम एम को पाइप ३ सय ४ मिटर र एप्रोन सेट ३० थान प्रदान गरिएको हो।

कार्यक्रममा थाहा नगरपालिकाका आर्थिक बिकास समिती संयोजक हिरेन्द्र रायमाझीले नगरलाई तरकारीको पकेट क्षेत्रका रुपमा विकास गर्न पाउनु नगरको लागि ठूलो अवसर भएको बताए । ‘हाम्रो नगर कृषि र पर्यटनमा आधारित नगर हो’, उनले भने “किसानको हितका निम्ति हुने कामलाई नगरपालिका एकचित्त भएर सहयोग गर्न तयार रहेको बताए “।

कृषक समुहका अध्यक्ष इमान सिं तामाङ र राजकुमार मोक्तानको सभापतित्वमा भएको कार्यक्रममा ७ न वडा अध्यक्ष शिवराज थिङ,वडा सदस्य देवेन्द्र थापा,कृषि शाखाका सहायक राजकुमार श्रेष्ठ ,वडा कृषि प्राविधिक उत्तम धिमाल,वडा जनप्रतिनिधिहरु तथा किसानहरुको उपस्थिति रहेको थियो।

यस कार्यक्रमको लागि पालिकाले १२ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

स्वीकृत कार्यक्रमका लागि पालिकाको कृषि विकास शाखाले २७ साउनमा सूचना प्रकाशन गरी किसानहरुबाट प्रस्ताव माग गरेको थियो । तरकारी पकेट कार्यक्रम संचालन निर्देशिका अनुसार गरिने कार्यक्रम थाहा नगरपालिका क्षेत्रमा ३ वटा कार्यक्रम कम्तीमा १४० रोपनी क्षेत्रफलका दरले संचालन गरिने कृषि शाखा प्रमुख सन्जय तिवारीले बताउनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*